अन्तत : नबिलले किन्ने भयो नेपाल बंगलादेश बैंक, कति छ त शेयर मिलान अनुपात ? *

पुस २९, काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति(एक्विजेशन) गर्ने सहमति भएको छ । ती दुई ओटा कम्पनीका प्रतिनिधिहरुले प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट  उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन् भने नेपाल बङ्गलादेश बैंककातर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । प्राप्तिका लागि नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति जुटेको छ । केही व्यवहारिक विषयहरु सम्झौतामा उल्लेख नगरी मौखिक सहमति पनि गरिएको स्रोतले बताएको छ । प्राप्तिपछि कम्पनीको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति छ । प्राप्तिपछि कम्पनीको अध्यक्ष हालका नबिल बैंकका अध्यक्ष  र प्रमुख कार्यकारी अधिकृत(सीईओ) पनि नबिल बैंककै हुनेछन् । ती दुवै कम्पनीमध्ये नबिलले नेपाल बंगलादेश बैंकलाई किन्न लागेको चर्चा परिचर्चा चलेको थियो ।तर शेयर मिलान अनुपात (स्वाप रेसियो) लगायतका विषयमा कुरा मिलिसकेको थिएन । ती विषयमा समझदारी भएपछि औपचारिक रुपमा दुबै कम्पनीले प्रक्रिया अघि बढाएका हुन् । दुबै कम्पनीले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र कम्पनीहरुको दिर्घकालीन रणनीतिक योजनासमेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढ्ने बताएका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपछि वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास लिएको सम्झौतापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । ती कम्पनीहरुले प्राप्ति कार्य पाँच महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ, चुक्तापूँजी २२ दशमलव ५ अर्ब, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४  अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथि हुनेछ । शाखा सञ्जाल तत्कालै २३५ ओटा पुग्ने छन्। ग्राहक संख्या पनि १६ लाखमाथि हुनेछ ।   बिहीवार काठमाडौंमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर समारोहमा  नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै कम्पनीका  सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै कम्पनीले विज्ञप्तिमा उल्लेख गरेका छन् । प्राप्तिको विषय बाहिर आएपछि साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल बंगलादेश बैंकको शेयरमूल्य घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २५ प्रतिशतले घटेर प्रतिकिता मूल्य ३९९ रुपैयाँ पुगेको छ । नबिल बैंकको शेयरमूल्य भने प्रतिकित्ता १ हजार ११० रुपैयाँ रहेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २७ प्रतिशतले बढेको छ । यसअघि नेपालमा पछिल्लोपटक  बीग मर्जर भएको थियो । बीग मर्जर अन्तरगत ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् ।    *बेलुका ९ : ३० बजे अद्यावधिक गरिएको यो पनि हेर्नुस् : नबिलले नेपाल बंगलादेश बैंक किन्ने

सम्बन्धित सामग्री

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता

काठमाडौ । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुुक्तानी प्रणालीलगायतका बैंकका विद्युतीय भुक्तानी च्यानल प्रयोग गरी भुक्तानी हुने […]

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच समझौता भएको छ ।सम्झौतासँगै बैंकको औपचारीक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई होटलले आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी […]

नबिल बैंकले नेपाल बंगलादेश बैंक एक्विजिसन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो। एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने भएको छ। […]

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुँदै

काठमाडौँ– नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई आफूमा गाभ्न सैद्धान्तिक सहमति पाएको छ । आइतबार नेपाल राष्ट्र बैंकले नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, […]

नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान

नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसनपश्चात् चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुने नबिल बैंकले दाबी गरेको छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।एक्विजिसनपश

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्...

नबिल बैंकले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बं

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बुधवार सम्पन्न बोर्ड मिटिङले मर्जर समिति बनाएको र सोही समितिले नेपाल बंंगलादेश बैंकसँग छलफल गर्ने उनको भनाइ छ । ‘हामीले आधिकारिक रूपमा नेपाल बंगलादेश बैंकलाई नै प्राप्ति गर्ने भनेर मर्जर समिति बनाएका होइनौं । उससँग छलफल भने भइरहेको छ,’ उनले भने, ‘अन्य १÷२ बैंकलाई पनि प्राप्तिका लागि हेरिरहेका छौं ।’ नेपाल बंंगलादेश बैंकले पनि मर्जर समिति बनाएको छ । बिहीवार भएको बोर्ड मिटिङले मर्जर समिति बनाएको बताइएको छ । यी दुई बैंकबीच आवश्यक सहमति भएमा संयुक्त रूपमा मर्जर समिति बन्नेछ । त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने नबिल बैंकका सीईओ शाहको भनाइ छ । नेपालमा पछिल्लोपटक ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् । अहिले आएर नबिल र नेपाल बंगलादेश पनि बिग मर्जरको तयारीमा रहेको देखिन्छ । नबिल बैंकमा नेपालको चौधरी समूहको लगानी छ । नेपाल बंगलादेश बैंकमा भने बंगलादेशको आईएफआईसी बैंकको शेयर लगानी छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गतवर्षदेखि नै नेपाल बंंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर, त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले राष्ट्र बैंकले त्यो अवरोध हटाएको बताइएको छ । अहिले आईएफआईसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर विक्री गरेर बाहिरिने तयारीमा छ । चौधरी समूहले सोही शेयर किनेर बैंक नै नबिल बैंकसँग गाभ्ने तयारी गरेका थिए । यसअघि पनि यी दुई बैंक मर्ज हुने विषयमा चर्चा चलेको थियो । तर, स्वाप रेसियोबारे सहमति हुन नसक्दा त्यो सफल हुन सकेको थिएन । अहिले अनौपचारिक रूपमा स्वाप रेसियाबारे केही हदसम्म सहमति भइसकेको छ । अन्तिम टुंगो भने सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र हुने बताइएको छ । दुवै बैंकले डीडीए प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । मर्जरको विषय बाहिर आएपछि बुधवार नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बुधबार बैंकको शेयर मूल्य ९ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकिता ४०२ पुगेको थियो । नबिल बैंकको शेयर मूल्य भने प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

नेपाल बंगलादेश बैंक र सुनचाँदी ब्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकका तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

बर्दिबासमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।