अधिकारप्रति असचेत उपभोक्ता

उपभोक्ताको हक सुनिश्चित गर्न कानूनी व्यवस्था भए पनि उपभोक्ता आफै सचेत नहुँदा गुणस्तरहीन एवं स्वास्थ्यमा असर पर्ने वस्तुको उपभोग गरी विभिन्न समस्यामा परिरहेका छन् । उपभोक्तालाई आफ्नो अधिकारप्रति सचेत बनाउन मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । यस वर्षमा यो दिवसको नारा उपभोक्ताका लागि निष्पक्ष र जिम्मेवार एआई (कृत्रिम बौद्धिकता) राखिएको छ । यो नाराले नै उपभोक्ता अधिकारको विषय आमनेपालीबाट कति टाढा छ भन्ने देखाउँछ । कुनै पनि उपभोक्तालाई जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्‍याउने उपभोग्य वस्तु तथा सेवाको विक्रीवितरणबाट सुरक्षित हुन पाउने अधिकार छ । त्यस्तै अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनका लागि उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार रहेको छ । यथासम्भव प्रतिस्पर्धात्मक मूल्यमा उपभोग्य वस्तु तथा सेवाको छनोट गर्न पाउने अवसरमा विश्वस्त हुने अधिकार, उपभोक्ताको हकहित संरक्षणका सम्बन्धमा उपयुक्त निकायबाट सुनुवाइ हुन्छ भन्ने कुरामा विश्वस्त हुने अधिकार, अनुचित व्यापारिक क्रियाकलापबाट उपभोक्तामा हुने शोषण तथा मर्काको विरुद्ध सुनुवाइ र क्षतिपूर्ति पाउने अधिकार र उपभोक्ता शिक्षाको अधिकारको व्यवस्था कानूनले गरिदिएको छ । तर, यो अधिकारप्राप्तिका लागि सर्वसाधारणले न कानूनी लडाइँ लड्न सक्छन् न उनीहरूलाई यसबारे जानकारी नै छ । क्रेताविक्रेता दुवैलाई उपभोक्ताको अधिकारबारे थाहा नहुँदा मिति नाघेका र विषादी हालिएका उपभोग्य वस्तु बजारमा खुलेआम विक्री भइरहेको छ । व्यक्ति कमजोर हुँदा उसको अधिकारको संरक्षणको जिम्मा सरकारको हुन्छ । यसका लागि विभिन्न अनुगमनकारी र नियामक निकायहरूको व्यवस्था गरिए पनि तिनले समेत प्रभावकारी ढंगले काम गरेको पाइँदैन । सरकारी अंगले त काम गर्न सकेन नै, उपभोक्ता हकहितको नाममा खोलिएका उपभोक्ता अधिकारसम्बन्धी समितिहरूले समेत उपभोक्ताको अधिकारका लागि लडेको ज्यादै कम पाइन्छ । एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा रहिरहने र अनुदान र सहयोगका कार्यक्रम गर्ने गतिविधिमा मात्रै यस्ता समितिहरू सीमित रहेको देखिन्छ । लबिङका काम गरे पनि अधिकार संरक्षणका लागि कानूनी लडाइँ लड्ने र उपभोक्ताको स्वास्थ्य बिगार्ने वस्तु उत्पादन र विक्री गर्ने संस्थासँग मुद्दामामिला गरेको पनि खासै पाइँदैन । वक्तव्यबाजीमा रमाउने र यदाकदा अन्तरक्रिया गर्नेबाहेक अन्य काम कमै भएको पाइन्छ ।  वास्तवमा उपभोग्य वस्तुको म्याद नाघेको छ कि छैन, अखाद्य वस्तु मिसाइएको छ कि, मूल्यमा मनपरी छ कि, नक्कली सामान हो कि, सरकारी निकायमा दर्ता भएको छैन वा विनास्वीकृतिको संस्था हो कि भनेर हेर्नु र बुझ्नु उपभोक्ताकै जिम्मेवारी हो । उपभोक्ता आफै सचेत नभएसम्म यो अधिकार गफको विषयमात्रै हुन्छ । तर, उपभोक्ताले आफू ठगिएको पाएमा कानूनी उपचार सरल बनाउनु सरकारको काम हो । यसमा अधिकारकर्मीहरूको पनि जिम्मेवारी हुन्छ । तर, सरकारी काम चाडपर्वका बेला अनुगमनको नाटक गर्नुमा मात्रै सीमित रहेको पाइन्छ । ११ महीना सुत्ने सरकारी अनुगमन दशैंतिहारको आसपासमा मात्रै भएको पाइन्छ ।  त्यसैले उपभोक्ताको अधिकार सुरक्षित गर्ने हो भने उपभोक्ताले सजिलैसँग मुद्दादायर गर्नसक्ने अवस्था बनाइनुपर्छ । सरकार प्रतिवादी मुद्दा बनाइयो भने त्यसले निकै सजिलो बनाउँछ । अर्को, मुलुक संघीयतामा गइसकेपछि यसका लागि स्थानीय सरकारलाई अधिकार दिइएको छ । तर, स्थानीय सरकारसँग न अनुगमन गर्ने क्षमता छ न कानूनी कारबाही गर्ने । त्यसैले उपभोक्ता अधिकारको विषय कानूनमा मात्रै सीमित रहेको छ भन्न सकिन्छ । यद्यपि एकाध विषयमा अदालतले उपभोक्ताको पक्षमा फैसला दिएको पाइन्छ । त्यसैले उपभोक्तालाई सजिलोसँग अधिकारको प्रयोगका लागि अदालतसमक्ष पुग्ने सजिलो बाटो बनाइनुपर्छ । अन्यथा सचेत उपभोक्ता पनि ठगिएको थाहा पाएर पनि चुप बस्ने प्रवृत्ति रहिरहनेछ । 

सम्बन्धित सामग्री

उपभोक्ता अदालत स्थापना गर्न पहल गर्छु : कानुनमन्त्री गिरी

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका छन्।राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज आयोजना गरेको ‘उपभोक्ताको चाहना : सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताए।“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,” उनले भने

पाइलैपिच्छे ठगिन विवश उपभोक्ता

वर्तमान संविधानले उपभोक्ता अधिकारलाई मौलिक हकमा सूचीकृत गरेपछि उपभोक्ता संरक्षण ऐनलाई परिमार्जन नयाँ ऐनका रूपमा २ असोज ०७५ मा प्रमाणीकरण गरी लागू गरेको छ । नयाँ ऐनको दफा ३ (१) मा...

उपभोक्ता संस्थाहरुको नियमन गर्न माग

३ साउन, काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील संस्था उपभोक्ता जागरण अभियान नेपालले उपभोक्तासँग सम्बन्धित सबै उपभोक्ता संस्थाहरुको नियमन गर्न गृहमन्त्रीसँग माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ता अधिकारकर्मी र संस्थाको अनुगमन गरी सार्क मुलुकका उपभोक्ता संस्थाको अध्ययन गरी नेपालमा पनि एउटा मात्र संस्था बनाउन […]

उपभोक्ता मूल्य राख्न आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ । पछिल्लो समय व्यवसायीले आफूखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको हो । उक्त विभागले एक सूचना जारी गर्दै व्यावसायिक फर्म तथा पसलमा राखिएका वस्तुमा उपभोक्ता मूल्य उल्लेख नगरी राख्ने गरेको गुनासो आएको उल्लेख गरेको छ । ‘उपभोक्ता संरक्षण ऐन, २०७५ […]

सेटिङ्गमा उपभोक्ता समिति

नारायण नगरपालिका –६ गणेश चौकमा कृषि उपज केन्द्र बनाउन सेटिङ्गमा उपभोक्ता समिति गठन गरिएको छ। कृषि उपज केन्द्र बनाउनका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले आम भेला नगराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेका हुन्।...

उपभोक्ता संरक्षणमा आपूर्ति श्रृंखला व्यवस्थापन

उपभोक्ता संरक्षणको अवधारणा संयुक्त राष्ट्रसंघले ९ अप्रिल १९८५ मा उपभोक्ता संरक्षणका लागि संयुक्त राष्ट्र दिशानिर्देश जारी गरेपछि व्यापक बनेको हो । विश्व उपभोक्ता अधिकार दिवस, २०२२ को नारा ‘निष्पक्ष डिजिटल फाइनान्स’ हो । हरेक वर्ष मार्च १५ मा उपभोक्ताहरूले विश्व उपभोक्ता अधिकार दिवस मनाउँछन् । यसको उद्देश्य उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण र सशक्तीकरणको विश्वव्यापी चेतना […]

सात उपभोक्ता अधिकारवादी संस्था एकजुट हुँदै

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७ वटा उपभोक्ता संस्थाहरु एकजुट भएर अघि बढ्ने भएका छन् ।अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर पारेर सोमबार सात संस्थाहरुको काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विगतमा भएका कमजोरीलाई थाति राख्दै ७ वटै उपभोक्ता अधिकार संस्थाहरुले एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएकका छन् । उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार […]

उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान

काठमाडाैं । उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्य बोकेर उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था जन्मिएको छ । स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको भन्दै वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ । उपभोक्ता जागरण र स्वच्छ बजारका […] The post उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपभोक्ता समिति नियमावली पारित गरौं

पछिल्लो समय उपभोक्ता समितिहरूका बारेमा महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उठेपछि फेरि एकपटक चर्चाको विषय बनेको छ । उपभोक्ता समितिमार्फत भएका खर्चको पारदर्शिता तथा जवाफदेहिता खोजिन थालेको अहिलेमात्र होइन, यसअघि पनि पटक–पटक उपभोक्ता समितिले गर्ने खर्चका बारेमा प्रश्न उठिरहेको हो । नागरिकको करको रकम उपभोक्ता समितिमार्फत बेरोकटोक खर्च गर्दा पारदर्शिता तथा जवाफदेहिता नभएको भन्दै विभिन्न […]

‘उपभोक्ता समिति सबैले नराम्रै गरेका छन् भन्ने होइन’

उपभोक्ता समिति भन्ने बित्तिकै गलत नजरले हेर्नुपर्ने अवस्था छैन । सबैतिर एक खालको अवस्था छैन । एउटै हिसाबले उपभोक्ता समिति चलेका पनि छैनन् । तर, कतिपय ठाउँमा उपभोक्ता समितिहरू कमाउने उद्देश्यले ठेकदारले जसरी काम गरिरहेका छन् । तर कतिपय ठाउँमा उपभोक्ता समितिलाई दिएको कामको परिणाम निकै राम्रो आइरहेको छ । त्यसैले यसका दुवै पक्ष छन् […]