कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३र६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । सरकारले आव २०७६–७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ […]
काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले स्थानीय पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम दिएको छ । गत बैशाख २२ देखि शुरु भएको चारदिने तालिम शुक्रबार सकिएको पृतना कार्यालयले जनाएको छ । समापन कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे । […]
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गरेका हुन् । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौँ अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको […]