काठमाडौं : सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्। सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन्। शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो।तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए। उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर