दूधमा आत्मनिर्भर बन्दै रौतहट

रौतहट । व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएपछि रौतहट दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाका कृषकले पशुपालन फार्म सञ्चालन गरेर उन्नत जातका पशुपालन गर्न थालेपछि दुग्ध उत्पादनमा वृद्धि हुँदै गएको हो । दैनिक ६० लिटरसम्म दूध उत्पादन गरी मासिक ५५ हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको माधोपुरका किसान सुखारी बैठाले बताए । बैठाले पशुपालन फार्म सञ्चालन गरेर २० ओटा गाई पाल्दै आएका छन् । उनका अनुसार साना तथा ठूला होटलमा दूध अधिक मात्रामा खपत हुन्छ । अहिले गाउँ गाउँमै दूध संकलन हुने गरेपछि पशुपालक कृषकलाई बजारीकरणमा कुनै समस्या नरहेको उनको भनाइ छ । दूध विक्रीबाट यहाँका कृषकले मनग्गे आम्दानी गर्न थालेपछि पछिल्लो समय आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवाको संख्या बढ्दै गएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा करिब २५० व्यावसायिक पशुपालन गर्ने फार्म सञ्चालनमा छन् । पशु सेवा विज्ञ केन्द्रको कार्यालयले व्यावसायिक पशुपालक कृषकका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारमा सहयोग, अनुदान, विभिन्न सामग्री प्रोत्साहन स्वरूप सहयोगका साथै समय समयमा परामर्श दिने गरेको छ । पशुपालक कृषकलाई प्रोत्साहन गरेकाले दुग्ध उत्पादनमा पनि वृद्धि भएको कार्यालय प्रमुख प्रमुख पशु विकास अधिकृत रामपवित्र दासले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ८८ हजार ११० मेट्रिक टन दूध उत्पादन भएको छ । दूध उत्पादनका लागि जिल्लाको चन्द्रपुर नगरपालिका पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा दुग्ध सहकारी संस्थाको संख्या बढी रहेकाले दूध संकलनदेखि निकासीसम्म सजिलो हुने गरेको चन्द्रपुर नगरपालिकका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । यहाँ उत्पादित दूध वीरगञ्ज, हेटौंडा, पोखरा, काठमाडौं लगायत शहरमा निकासी हुने गरेको छ ।

सम्बन्धित सामग्री

विदेश पलायन रोक्न दूधमा अनुदान

गल्याङ (स्याङ्जा), १ चैत । किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो । नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

२५ भदौ, बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना […]

दूधमा आत्मनिर्भर बन्दै गण्डकी :  बढ्दो महँगी किसानको चिन्ता

सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । “यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ”, उनले भने, “पछिल्ला वर्षमा गाईप

दूधमा आत्मनिर्भर बन्दै गण्डकी, बढ्दो महँगी किसानको चिन्ता

गण्डकी- सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी […]

दूधमा आत्मनिर्भर बन्दै गण्डकी : बढ्दो महँगी किसानको चिन्ता

गण्डकी, १५ साउन । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष […]

दूधमा आत्मनिर्भर बन्दै गण्डकी : बढ्दो महँगी किसानको चिन्ता

सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । “यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ”, उनले भने, “पछिल्ला वर्षमा गाईप

तरकारी र दूधमा आत्मनिर्भर बनाउँदै सहकारी

सहकारीले सहकार्यका आधारमा आफ्ना सेयर सदस्यको आर्थिक स्तरोन्नती गर्नुपर्ने हो, तर यहाँ धमाधम खोलीएका सहकारीहरु सेयर सदस्यको आर्थिक स्तरोन्नती भन्दापनि नाफामुलक ढंगले सञ्चालन भएका छन् । सहकारीहरुले सेयर सदस्यको समाजिक, आर्थिक र सहकार्यमा चासो नदिएका बेला दुई वर्ष अगाडी स्थापना गरिएको सहकारीले आफ्ना सेयर सदस्यलाई तरकारी र दूधमा आत्मनिर्भर बनाउने भन्ने अभियान सुरु गरेको छ […]

मरिणका किसानलाई दूधमा आत्मनिर्भर बनाउन जर्सी गाई वितरण

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई जर्सी गाई वितरण गरेको छ।गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई अनुदानमा जर्सी गाई वितरण गरेको हो। २६ किसानलाई दुई/दुई वटाका दरले गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।वडा नं. ३, ५ र ६ का १३ जना किसानलाई दुई वटाका दरले गाई वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए। ‘गाउँपालिकाका सबै वडामा पशुपालनका लागि उपयुक्त हावापानी छ। त्यसकारण पालिकालाई दूध तथा दुग्धजन्य परिकारमा आत्मनिर्भर बनाउने लक्