काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन्। संसद्मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौँदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन्। ‘सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा। नागरिकताको समस्या छ। जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ। उनीहरूमाथि हुँदै […]