१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाइ छ ।