मन्त्री पद छोड्न लेखेरै दिएको छु : मन्त्री खतिवडा

नेकपा समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले पार्टीको निर्णय मान्ने बताएका छन् । शुक्रबार पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाले पार्टीमा केही समस्या आएकाले ८ बुँदेमार्फत अध्यक्षको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘पार्टीमा केही समस्या छ भने पार्टीलाई भन्ने हो, ध्यानाकर्षण गर्ने हो ।’उनले आफू मन्त्री पद छोड्न तयार रहेको भनेर पार्टीमा लेखेरै दिएको भन्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वत मन्त्री पद छोड्ने बताए ।&ls

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

काठमाडौं, २८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु प्रयासरत रहेको बताएका छन् । मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफुले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय […]

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

गोरखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरूको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे । ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता काँग्रेससहितको गठबन्धन […]

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ: मन्त्री खतिवडा

इनरुवा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने […]

स्वास्थ्य मन्त्री खतिवडा र जापानी राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच दुई देशबीच कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएको छ । सो अवसरमा जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।नेपालका लागि जापानी राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार […]

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहे

काेभिडकाे खाेपकाे अभाव हुन दिँदैनाैं: मन्त्री खतिवडा

काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले काेभिडकाे खाेपकाे अभाव हुन नदिने बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “काेभिड खाेपकाे अभाव छैन । हुन पनि दिने छैनाैं । साढे ५ कराेड खाेप सुनिश्चित भइसकेकाे छ । साढे ३ कराेड […]

आउँदो केही महिनाभित्र नेपाल शतप्रतिशत खोप लगाइएको देश हुन्छ : मन्त्री खतिवडा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्र शतप्रतिशत जनसंख्यामा खोप पुर्याउने दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दलका एउटा सामान्य नेता भनेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले तपाईँहरुको अब केपी ओलीसँग कस्तो सम्बन्ध […]

को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा?

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।