बजेटबारे विष्णु पौडेल भन्छन्–सत्तागठबन्धनले राज्यको स्रोतलाई आफ्नो हितमा दुरुपयोग गर्यो
नेकपा एमालेका उपमहासचिव तथा सांसद विष्णु प्रसाद पौडेलले वर्तमान सत्तागठबन्धनले राज्यको स्रोतलाई आफ्नो हितमा दुरुपयोग गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९–८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले...
७ वटा भूगोल र एक उपत्यका विशेष प्रदेशको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये को बलियो भन्दै विश्लेषण सुरु भएको छ ।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् । शनिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएपछि पौडेल होम आइसोलेशनमा बसेका छन् । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’
काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।
एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रsf स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ।
अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।
पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। नागरिक दैनिकमा खबर छ ।