सडक पेटीनिर हिंडिरहेछ हवाइ चप्पल पड्काँउदै प्याटप्याट प्याटप्याट मूल सडकभरि दगुरिरहेछ विज्ञानहरु त्यही चप्पलको धुन पछि पछि डाँडाघरे तीर्थराज जवान कोरली गाई बिक्री गरी लागेको छ धीरेन्द्र शास्त्रीको दरबार भेट्न उसको अपाङ्ग छोराको उपचार गर्ने विज्ञान अन्धविश्वासको चितामा दन्दनी जलिरहेछ स्वर्गीय कविले आफ्नो तस्वीरमा लागेको हार आधा चुँडेर लगाइदिन्छन् आधुनिक डाक्टरको गलामा अनि बाँकी आधा […]