धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो। तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।