ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु

नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यवसायिक शिकारी ढोरपाटन आउन थालेका हुन ।

सम्बन्धित सामग्री

नेपालमा वन्यजन्तु पर्यटन

कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन उद्योगको अहिले बिस्तारै सुधार हुँदै गएको छ । पोखरा, चितवनजस्ता पर्यटकीय गन्तव्य स्थलहरूमा पर्यटकको चहलपहल बढेको छ । नेपालमा पर्वतारोहण, पदयात्रा पर्यटन र वन्यजन्तु पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । दक्षिण एसियामा सबैभन्दा पहिला वन्यजन्तु पर्यटनको थालनी गर्ने देश नेपाल हो । सन् १९६४ मा चितवनको मेघौलीमा टाइगर टप्प जङ्गल लज स्थापना गरी जङ्गल सफारी र सन् १९७२ मा ढोरपाटनमा शिकार पर्यटन सुरु भयो । देशभर राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्रहरूको स्थापना भएपछि वन्यजन्तु

शिकार पर्यटन सुरु, एक झारल र नाउरको शिकार हुने

विश्वव्यापी कोरोना संक्रमणको कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ । यस वर्षको पहिलो सिकार मंसिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक सिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्रा सिकार हुने भएको छ । नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले शिकार आरक्षको धुस्तुङङब्लकमा दुई हप्ता भित्र एक नाराउ र एक झारलको शिकार गर्नुहुनेछ । शिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार, लाईसेन्स नवीकरणमा ७५ हजार र एक साता बसाइँको ४० हजार रुपियाँको दरले राजश्व तिर्नुभएको छ । कोरोना त्रासले एकाएक थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको सिकार नहुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो । विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो । वि.स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक सिकारी आउने गरेका छन । संरक्षण अधिकृत कँडेलका अनुसार हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारी, ओपननेपाल वाइल्ड सफारि एण्ड ट्र«ेक लगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका छन ।