कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए।
नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका क...