काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ। बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका छन्। धर्नामा– विज्ञापन बजार बढाउने नीति लागू गर,विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन,विज्ञापन एजेन्सीको हक अधिकार लागू गर र विज्ञापन ऐन खारेज गर, लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।
नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट सार्वजनिक कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।...
नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।...
काठमाडौँ– नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ […]