काठमाडौं : नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। माधव नेपाललाई भेट्न नेता श्रेष्ठ गएराति साढे नौँ बजे कोटेश्वर पुगेका हुन्। उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको हो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।