काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ ।
आज शुक्रवार दिउँसाे उहाँहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएकाे भट्टराईले ट्विटरमार्फत जानकारी दिनुभएकाे छ ।
यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालकाे सफलताको शुभकामना पनि दिनुभएकाे छ ।
तस्बिर : भट्टराईकाे ट्विटरबाट