राजधानीका केही होटल व्यवसायीसँगको मिलेमतोमा कोरोना महामारीका बेला वीर अस्पताल प्रशासनले करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको छ । कोभिड–१९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न वीरका स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टिन राख्दा होटल बसेको र खाजा/खाना खाएको फर्जी बिल मिलाई हिनामिना गरेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।