अर्थमन्त्री वर्षमान पुनले आपूर्ति शृंखलाको अवरोधलाई हटाएर आपूर्ति व्यवस्था सहज बनाइने बताएका छन् । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले प्रदेश र स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाइने समेत बताए ।