काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका छन्। लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खाँणले नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रूपमा आइरहेको भन्दै नियन्त्रणका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका हुन् । संवेदनशील विषयमा आफ्ना […]