जुम्ला : तातोपानी गाउँपालिकाका विपन्न परिवारलाई गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिन थालेको छ। जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत्त पालिकाभरका विपन्नलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको हो।जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक लाखका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए। उनले भने, 'विपन्न नागरिकका लागि यो कार्यक्रम निकै फलदायी र उपलब्धिमूलक हुने भएको छ।'त्यस्तै, गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्वास्थ्य बिमा गर्न नस