दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । २१ हजार ५४१ मतगणना हुँदा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९६५ मत प्राप्त गरेका छन् । ८२८ मत बदर भएको छ । यता, प्रदेशसभा १ मा भने कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । १७ हजार ९६८ मतगणना हुँदा काफ्लेले ८ हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ