सत्तारूढ गठबन्धनको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्न प्रस्ताव गरेको छ । गठबन्धनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई बुझाएको साझा न्यूनतम कार्यक्रममा ‘कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने’ उल्लेख छ ।