रामनवमीदेखि रेल सञ्चालनको तयारी : कर्मचारी ज्यालामा, ३२ हजार आवेदकलाई शुल्क फिर्ता गरिने

जनकपुर-जयनगर रेल आगामी रामनवमीदेखि सञ्चालन गर्ने तयारी अगाडि बढेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार यही चैत २५ गतेसम्म जनशक्ति व्यवस्थापनको काम सकेर वैशाख ८ गते रामनवमीका दिनदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको हो। 'जनशक्ति व्यवस्थापनको काम चैत्र २५ भित्र सकेर चैत २५ देखि नै वा नभए रामनवमीको दिन देखि सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाइएको छ,' भट्टराईले लोकान्तरसँग भने, 'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुनेछ।' उदघाटन गर्नका लागि भारतका प्रधानमन्त्...

सम्बन्धित सामग्री

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, कार्गो पनि सञ्चालन गर्ने तयारी

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए ।  ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौं,’ महाप्रबन्धक झाले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए ।    कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ,’ नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।’   मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले बताए । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताए । तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी शुरु गरिएको महाप्रबन्धक झाले बताए ।  नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिंदै आएका छौं ।’ भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौं,’ उनले भने ।  ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु १०–१२ करोडभन्दा बढी रकम बचत हुनसक्छ,’ महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौं, नेपालमै वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौं ।’     नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।  ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौं, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौं,’ उनले भने, ‘स्थायी कर्मचारीको सङ्गठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ ।’  जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ ।  रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।  भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरीद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । रासस

छोटी भन्सार सञ्चालनको तयारी

कोरोना महामारीपछि बन्द रहेका वीरगन्ज भन्सार कार्यालय मातहत बाराको सिम्रौनगढ छोटी भन्सार कार्यालयमा मंगलबार वीरगन्ज भन्सारका कर्मचारी पुगेर सरसफाइ सुरु गरे । सिम्रौनगढका व्यापारीले यो भन्सार कार्यालय पुनः सञ्चालनको माग राख्दै शनिबारदेखि अनिश्चितकालीन बजार बन्द गरेका थिए ।

छोटी भन्सार कार्यालयहरू सञ्चालनको तयारी, बन्द भइरहँदा गुम्यो राजस्व

बाराको सिम्रौनगढ छोटी भन्सार कार्यालयमा मंगलबार वीरगन्ज भन्सारका कर्मचारी पुगेर सरसफाइ गरे । कोरोना महामारीपछि यो छोटी भन्सार कार्यालय बन्द  छ । वीरगन्ज भन्सार कार्यालय मातहतमा रहेको यो छाेटी भन्सारलाई सञ्चालन गर्नुपर्ने माग राख्दै  सिम्रौनगढका व्यापारी समेत आन्दोलित छन् ।

मन्त्रालय बढेपछि खर्च कटौती गर्दै प्रदेश सरकार

विराटनगर । विद्यमान सातओटा मन्त्रालयबाट विस्तार गरेर १२ पुर्‍याएको प्रदेश सरकारले आर्थिक भार नपर्नेगरी मन्त्रालय सञ्चालनको तयारी गरेको छ । १२ मन्त्रालय पुर्‍याएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले कामको आवश्यकताअनुसार आर्थिक भार नबढ्नेगरी मन्त्रालय विस्तार गरेको दाबी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी सातओटा मन्त्रालयलाई १२ ओटा बनाएको थियो । मन्त्रालय विस्तारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने नागरिक तहबाट पनि आलोचना भइरहेको छ । सरकारले भने संविधानले १९ ओटा मन्त्रालय बनाउने अधिकार दिएको भए पनि कार्यबोझको आधारमा १२ ओटा मन्त्रालय बनाएको दाबी गरेको छ । सरकारको पछिल्लो निर्णयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, भूमि, सहकारी तथा यातायात व्यवस्था मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय कायम भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले कार्यदल नै बनाएर गरिएको अध्ययनपछि मन्त्रालय विस्तार र कार्यक्षेत्र बाँडफाँट गरेको बताए । अघिल्ला सरकारको अक्षम नेतृत्वले केन्द्रको आदेश मात्र पालना गर्दा मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन हुन नसकेको बताउँदै मन्त्री आङ्बोले १२ ओटा मन्त्रालय स्वाभाविक आवश्यकता रहेको दाबी गरे । मन्त्रालय विस्तार गरिएको भए पनि थप आर्थिक बोझ नबढाउनेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ । ‘मन्त्रालय विस्तार भए पनि ठूलो प्रशासनिक खर्च वृद्धि नगर्न हामी सचेत छौं,’ मन्त्री आङ्बोले भने, ‘मन्त्रालयहरू सरकारी भवनमै राख्ने, प्रदेश सरकार मातहत हाल रहेका कर्मचारीबाटै काम चलाउने र थप सवारी साधन पनि खरीद नगर्ने योजना छ ।’ अहिले मन्त्रालयमा रहेका र अघिल्लो सरकारले खरीद प्रक्रिया अगाडि बढाएका सवारीसाधनबाटै थपिएका मन्त्रालयको कामको व्यवस्थापन हुने उनको दाबी छ । खर्च कटौती गर्न अहिले कायम रहेका करीब डेढ दर्जन अनावश्यक र दोहोरो जिम्मेवारी भएका कार्यालय खारेज गर्ने प्रक्रिया पनि अगाडि बढाएको मन्त्री आङ्बोले बताए । प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्दा थप प्रशासनिक खर्च नबढोस् भनेर नागरिक तहबाट भएको खबरदारी स्वाभाविक भएको उनको भनाइ छ । कर्मचारी व्यवस्थापनका लागि प्रमुख सचिवको नेतृत्वमा संगठन तथा व्यवस्थापन सर्वे गर्ने जिम्मेवारी दिएको र त्यो काम अन्तिम चरणमा पुगेको मन्त्री आङ्बोले बताए । स्रोतका अनुसार एउटा मन्त्रालयका लागि २० देखि २५ जना कर्मचारी रहनेगरी संगठन संरचना निर्माण गरिएको छ ।

रेल सञ्चालन हुनुअघि नै कर्मचारी आन्दोलित

जनकपुरधाम – नेपाल सरकारले खरिद गरेको दुई सेट रेल सञ्चालनको तयारी भइरहेको छ। तर, सञ्चालन नहुँदै कर्मचारीको विषयमा विवाद सुरु भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आफ्ना नजिकका व्यक्तिलाई भित्रभित्रै नियुक्त गरेर तालिम दिन थाल्दा यसअघिका नियुक्त भएर तालिमसमेत लिइसकेका कर्मचारीले त्यसको विरोध जनाएका छन्। यसअघिका महाप्रबन्धक गुरु भट्टराईले समेत भित्रभित्रै दैनिक ज्यालादारीमा […]

चोभार सुक्खा बन्दरगाह सञ्चालनको तयारी

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह सञ्चालनका लागि भन्सार विभागले तयारी थालेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरेको उक्त  बन्दरगाहका लागि पूर्वाधार निर्माण सम्पन्न भएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार उक्त ठाउँमा भन्सार र क्वारेन्टिनका लागि तीन भवन निर्माण गरिएको छ । सामान पठाउन र भित्र्याउन तीन/तीनओटा गोदाम, आयात तथा निर्यातमा ढुवानीका लागि दुई भाग छुट्याइएको छ । सरकारले पहिले हिमाल सिमेन्टले उपभोग गरेको १०५४ रोपनी जग्गामध्ये २२५ रोपनीमा सुक्खा बन्दरगाह र बाँकी ८ सय रोपनीमा अन्तरराष्ट्रिय प्रदर्शनीस्थल बनाउन समितिलाई जिम्मेवारी दिएको थियो, जसमध्ये सुक्खा बन्दरगाह तयार भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा शुरूमा १ वर्ष र त्यसपछि ३ महीना समयावधि थप गरिएको थियो । स्थानीयले गरेको अवरोध र पछि कोभिडका कारण काम प्रभावित भएको थियो । केही समय ढिलो गरी १५० ओटा गाडी र कम्तीमा ६०० ओटा कन्टेनर राख्न सकिनेगरी सुक्खा बन्दरगाह तयार भएको समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सुक्खा बन्दरगाह तयार भए पनि तत्काल सञ्चालनको सम्भावना भने देखिँदैन । काठमाडौंमा भन्सार जाँचपासका लागि विभिन्न नीतिगत व्यवस्था तथा अन्य तयारी गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालमा अन्तरराष्ट्रिय विमानस्थल र सीमावर्ती क्षेत्रमा मात्रै भन्सार जाँचपासको प्रावधान छ । आन्तरिक रूपमा भन्सार सञ्चालन गर्नुपर्ने भएकाले यसका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गराई भन्सार क्षेत्र घोषणा तथा ऐनको व्यवस्थापन गरेर कार्यविधि निर्माण गर्नुपर्ने भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिशका लागि तयारी गरिएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । यसैगरी यसै महीनाभित्र व्यवसायीसँग पनि विभागले छलफल गर्ने जानकारी उनले दिए । २०२२ को जनवरीसम्ममा चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । विभागले बन्दरगाह सञ्चालनका लागि ३१ कर्मचारीको दरबन्दी माग गरेको छ । शुरूमा कार्यालय सहायकदेखि अधिकृत तहसम्मका उक्त संख्यामा कर्मचारी आवश्यक भएकोमा मन्त्रालयमा  प्रस्ताव पठाइएको विभागका निर्देशक खड्काले जानकारी दिए । २०६७ सालमै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तरराष्ट्रिय प्रदर्शनीस्थल बनाउने योजना अघि सारेको थियो । २०६९ सालमा उक्त परियोजनाका लागि विश्व बैंकसँग रू. २ अर्ब २५ करोड रकम सहुलियत ऋणका लागि सरकारले सम्झौता गरेको थियो । कुल रू. १ अर्ब ६० करोड लगानीमा सुक्खा बन्दरगाह निर्माण भएको हो । प्रदर्शनीस्थल निर्माण गर्न भने बाँकी नै छ ।

कोरोनाका कारण जनकपुर–जयनगर रेल सञ्चालन स्थगित

वैशाख ३१, धनुषा । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ ।  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महीनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।’ उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए । नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई ओटा रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महीनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ । नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरीद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ लगाइएको रेल इन्जिनसहित ६ ओटा डब्बामा एकपटकमा १२ सयदेखि १ हजार ३०० यात्रु यात्रा गर्नसक्ने क्षमताको छ ।  यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गर्थ्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।  रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १०० जना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालू आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ । सरकारले सो रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २२६ दरबन्दी आवश्यक छ । नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ ।  अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत शुरुमा रेल सञ्चालन गरिने बताइएको छ ।    पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ । रासस

रेल सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको  कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् । लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो । महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ । कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने । नेपालले भारतीय कोंकण रेलवे कर्पाेरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ ।

रेल सञ्चालन माघभित्रै

सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको व्यवस्थापन गरिसकिएको छ । कम्पनीले निजामति कर्मचारीको लागि विभागीय मन्त्रालयबाट स्वकृति पाएको जनाएको […]