रेल सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको  कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् । लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो । महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ । कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने । नेपालले भारतीय कोंकण रेलवे कर्पाेरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ ।

सम्बन्धित सामग्री

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

१२ असार, जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र …

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ।

भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी

नारायणगढ– पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो। विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला […]

मौलाकालिका मन्दिरमा वैशाखमा केवलकार सञ्चालन हुने

काठमाडौं । पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन हुने भएको छ । वैशाख १ गतेदेखि केवलकार सञ्चालनको तयारी गरिएको मौलाकालिका केबलकार प्रालिले जनाएको हाे।गैंडाकोट–१ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल मौलाकालिका मन्दिरमा पुग्ने केवलकार निर्माणको अन्तिम चरणमा छ । होटलसहितको केवलकार करिब १ अर्ब ५० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको छ। आगामी वैशाखमा […]

नयाँ सांसदकाे स्वागत् गर्न तयार हुँदै संसद् भवन [फोटोफिचर]

४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै संसद् सञ्चालनको तयारी सुरु भएको छ।  निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै संघीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी...

नयाँ संसद् सञ्चालनको तयारी हुँदै

निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै नयाँ संसद् सञ्चालनको तयारी सुरु भएको छ ।  संविधानको धार ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को...

नेपालमा अन्तर्राष्ट्रिय प्रविधिबाट इटा उत्पादनको तयारी

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुर्‍याएको हो। नेपाल इको प्यानल ग्रुपका लगानीकर्ताहरूको समूहले यो उद्योग सञ्चालनको तयारी थालेको हो।...

भीमफेदीमा ६ करोड लागतमा तयार भयो दुग्ध प्रशोधन उद्योग

करिव ६ करोड लागतमा निर्माण गरिएको दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ मा स्थापना गरिएको सो उद्योग प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारीको लगानीमा  निर्माण गरिएको हो ।उद्योग स्थापनाका लागि बागमती प्रदेश सरकारको ५७ लाख २० हजार रुपैयाँ, सहकारी बजार विकास कार्यक्रमको दुई चरण गरि १ करोड ७४ लाख रुपैयाँ र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानी परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्

चोभार सुक्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा

११ असार, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । निषेधाज्ञाको समयमा पनि भौतिक प्रगति उल्लेख्य भएपछि नयाँ आर्थिक वर्षको सुरुवातमै बन्दरगाह सञ्चालनको तयारी पूरा हुने समितिको दाबी छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म परियोजनाको ९० प्रतिशत भौतिक प्रगति सकिएको बताए । […]