इस्लामाबाद : पाकिस्तानको कराँचीमा शनिबार दिउँसो भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ।कराँचीको शेरशाह क्षेत्रको पर्चा चोक नजिकै विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।विस्फोटमा परी घाइते भएका १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। प्रहरी अधिकारी जफर अली शाहले निजी बैंक मुनिरहेको नालामा विस्फोट भएको बताए।स्थानीय प्रशासनले नाला सफा गर्न सूचना दिएको प्रहरीको दाबी छ। तर ठाउँ खाली नहुँदा नाला सफा गर्न ढिलाइ भएको थियो।विस्फोटबाट बैंक भवन र नजिकैको पेट्रोल पम्पमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको