काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट भएको छ । विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको र तालिबानका केही सुरक्षाकर्मीहरू घाइते भएका एक जना तालिबान अधिरकारीले बताएका छन् । बीबीसीका पत्रकार सेकुन्दर केर्मानीले मृतककाे संख्या अझै बढ्नसक्ने जनाएका छन्...