पोखराका हुनेवाला मेयर आचार्य : मतगणना छाडेर एयरपोर्टका लागि बजेट खोज्न अर्थमन्त्रीकहाँ

पर्वत : स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूलाई यति वेला ‘दिनको भोक र रातको निद्रा’ भएको छ। पोखरा महानगरपालिकाका प्रमुख बन्न गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार धनराज आचार्य मत गणना भइरहेको स्थान छाडेर पोखराका लागि बजेट खोज्न काठमाडौँ पुगेका छन्।पोखराका केही वडाको मतगणना बाँकी रहेका वेला धनराजले जित्ने पक्कापक्की त भएको छ। यतिखेर उनी पोखरा एयरपोर्टको निर्माण कार्य पूरा गर्नका लागि आवश्यक बजेटको खोजीमा काठमाडौँ पुगेर अर्थमन्त्रीलाई भेटेका छन्।पोखरामा निर्माणाधीन अन्

सम्बन्धित सामग्री

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना : मेयर–उपमेयर दुवैमा एमालेको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको अहिले मतगणना भइरहेको छ। पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना हुँदासम्म मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिइरहेको छ ।मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ७ सय २२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार  रङ्गबहादुर खातीेले ६ सय १ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मायाकुमारी खड्का कुँवरले ७ सय ११ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार रिता शाहीले ६ सय २३ मत प्राप्त गरेकी छन् ।

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमालेले जित्दै मेयर र उपमेयर

दाङ, जेठ ११ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् । खड्काले ३० हजार […]

हेटौंडामा मतगणना नसकिँदै एमालेका उम्मेदवारले दिए बधाई

मतगणना नसकिँदै एमालेका हेटौंडाको मेयर र उपमेयर पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेका उम्मेदवारले हार स्वीकार गर्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन्  ।एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीकी मीना लामालाई भेटेरै बधाई दिएका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि बधाई दिएका छन् । दुबै उम्मेदवारले गठबन्धनबाट मेयर उम्मेदवार लामा र उममेयर उम

लम्कीचुहा नगरपालिकामा मतगणना जारी, यस्तो छ पछिल्लो मतपरिणाम

कैलालीको लम्कीचुहा नगरपालिकामा दिउँसोबाट मतगणना  सुरु भएको छ । अहिले मतगणना जारी छ । लम्कीचुहाको वडा नम्बर १ बाट मतगणना सुुरु भएको हो । अहिले सम्मको मतगणनाअनुसार नगरमा गठबन्धन र वडामा नेकपा एमाले अगाडी रहेको छ ।  गठबन्धनका तर्फबाट मेयर सुशिला शाहीले ५८ मत पाएकी छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार महादेव बजगाईंले ५५ मत पाएका छन् । त्यसैगरि गठबन्धन दलका उपमेयर जानकी सिंहले ५५ मत प्राप्त गरेकी छन भने एमाले बाट उपमेयर जुना चौधरीले ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत हीरालाल चौधर

भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं– चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग […]

धरान उपमहानगरपालिकामा मतगणना सुरु

सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर केहीबेरअघि देखि मतगणना सुरु भएको हो । धरानमा सत्ता गठबन्धन रहेको छ  भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । मेयर पदमा सत्ता गठबन्धनबाट काँग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन्

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् । यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत ख

धनगढी उपमहानगरको मतगणना ११ बजेबाट सुरु हुने

कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ। त्यसअघि सर्वदलीय बैठक बस्ने र ११ बजे मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि छान्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो।

मतगणना प्रकियामा बालेनको आपत्ति

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् ।  मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भ