बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना : मेयर–उपमेयर दुवैमा एमालेको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको अहिले मतगणना भइरहेको छ। पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना हुँदासम्म मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिइरहेको छ ।मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ७ सय २२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार  रङ्गबहादुर खातीेले ६ सय १ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मायाकुमारी खड्का कुँवरले ७ सय ११ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार रिता शाहीले ६ सय २३ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित सामग्री

समानुपाति तर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ । अब दोलखामा करिब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने सम्भावना रहेको […]

बैतडीमा एमालेको अग्रता कायमै

बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५ बजेबाट सुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ । प्रतिनिधिसभामा ५ हजार ५ सय ७८ मत गणना हुदाँ एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उनका प्रतिस्प्रधी आमोादीका नरेन्द्र कुवर(विजय सुन्दर)ले २हजार […] The post बैतडीमा एमालेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोकर्णेश्वरमा एमालेको अग्रता, पछ्याउँदै कांग्रेसका दीपक

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ७८० मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले तीन हजार १८५ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत …

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना  […]

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा कांग्रेसका खेम […]

पर्वतको जलजला गाउँपालिकामा एमालेको अग्रता

पर्वतको जलजला गाउँपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता कायम छ । एमालेका अध्यक्ष उमेदवार ३१२ मत ल्याउँदा रुख चिन्हमा १९७ मत प्राप्त गरेको छ । यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवारले २५५ मत ल्याउँदा माओवादी उम्मेदवारले १७१ मत प्राप्त गरेको छ ।जलजला गाउँपालिका वार्ड १ बाँसखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा १ बाँसखर्कमा एमालेका उम्मेदवार जगबहादुर रोकाले रुख चिन्न अर्थात गठबन्धनलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकाले २१९ मत प्राप्त गरी विजयी भएका हुन् ।

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

हेटौंडा: हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको मत गन्दा एमालेको अग्रता बनाएको छ। २०० गन्दा एमालेका अनन्त पौडेल ७१, गठबन्धनकी मीना कुमारी लामा ६५, राप्रपा दिपक सिैहले ४२ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी सुमित्रा काफ्ले ८२ मत प्राप्त गरेदा गठबन्धन राजेस बानिया ८८ मत प्राप्त गर्दै अगाडि छन्। त्यस्तै राप्रपाकी…

मनाङबाट सुरु भयो मतगणना, एमालेको अग्रता

हिमाली जिल्ला मनाङबाट स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।  चामे गाउँपालिकामा मतगणना सुरु भएको हो ।  कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्य पालिकाको भने मतगणना सुरु भएको छैन ।