विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

जम्मु र कश्मीरमा भएको  आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखण्डनकारी समूह र सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेका छन् । 

सम्बन्धित सामग्री

भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो

भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । उनले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका अधिकारीले सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेको खुलेको छ ।  ३२ वर्षीय अधिकारीको शव बिहानै पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो ।

भारतीय दूतावासमा आफैंलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : नेपालस्थित भारतीय दूतावासमा सोमबार गोली चलेको छ।दूतावासका सुुरक्षामा खटिएका एक व्यक्तिले आफैंलाई गोली हानेका प्रहरीले जनाकारी दिएको छ। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षका दीपक सिंह रहेको बताइएको छ।प्रहरी स्रोतका अनुसार विहान साढे ९ बजेतिर गोली हानेका सिंहको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान

भारत प्रशासित काश्मिरमा झडप, कम्तीमा नौ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् । तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले उक्त कदमको विरोध गर्दैै आएको छ । अर्ध–स्वायत्त व्यवस्थालाई हटाउने सरकारको निर्णयको …