माधव पक्षलाई प्रधानमन्त्रीको आग्रह : आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक मतभेद भए आपसी छलफलबाट समाधान गर्न माधव नेपाललाई आग्रह गरेका छन्। केहीबेर अघि ट्वीट गर्दै उनले हतारमा कुनै पनि अनुचित निर्णय नगर्न सबै सांसदहरूलाई ध्यानाकर्षण गराएका छन्। “आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं”, उनले भने। उनले दलको तर्फबाट प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आह्वान समेत गरे।

सम्बन्धित सामग्री

विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । उहाँले काठमाडौंलाई व्यापार हबका रूपमा विकास गर्न यो बन्दरगाहले थप टेवा पुर्‍याउने बताउनुभएको छ । यो बन्दरगाहले भन्सार जाँचपास सजिलो बनाउने भन्दै प्रधानमन्त्री देउवाले अन्य स्थानमा पनि पूर्वाधार विकास गरिने बताउनुभयो । नेपालको सीमा नाकाबाहेक अन्यत्र निर्माण भएको यो पहिलो बन्दरगाह हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघमा यसको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको ३ वर्षपछि बन्दरगाहको उद्घाटन भएको छ । उद्घाटनका दिन वीरगञ्जबाट आएका चारओटा मालवाहक सवारी साधन यो बन्दरगाहमा प्रवेश गरेका थिए । बन्दरगाह मंगलवारदेखि नै सञ्चालनमा आएको छ । बन्दरगाह १ अर्ब ६० करोड रुपैयाँ लागतमा २ सय २० रोपनीमा निर्माण भएको हो । यसको निर्माण गत असोजमा सम्पन्न भइसकेको थियो । अब व्यवसायीले यहाँबाट सीधै सामान आयात–निर्यात गर्न सक्नेछन् । डेढ वर्षमा बन्दरगाह निर्माण गरिसक्ने भनिए पनि ३२ महीना लागेको थियो । कोभिड–१९ लगायत कारण निर्माणमा ढिलाइ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले उद्घाटनसँगै बन्दरगाह सञ्चालनमा आएको बताए । वीरगञ्जबाट मालवाहक गाडी ल्याएर बन्दरगाह सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार अब आयात–निर्यातकर्ताले यो बन्दरगाहबाट वीरगञ्जको जस्तै सुविधा पाउनेछन् । बन्दरगाह सञ्चालनको सबै तयारी भइसकेको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात–निर्यातकर्ताका लागि यो बन्दरगाह कोशेढुंगा साबित हुने बताए । सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा ढुवानी लागतदेखि भन्सार जाँचपासजस्ता विषयमा सहज हुने भन्दै उनले थपे, ‘यसको सफल र बढी प्रयोगका लागि फास्ट ट्र्याक नीति ल्याउनुपर्छ भने रेलवे लिक जोड्नु पनि आवश्यक छ ।’ अहिले व्यापारघाटा सबैभन्दा ठूलो समस्या भएको भन्दै उनले नेपालले उत्पादन गर्ने वस्तुको लागत कटौती र गुणस्तरमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आयात–निर्यातको ५० प्रतिशत अंश काठमाडौं उपत्यकामा रहेकाले बन्दरगाह सञ्चालनले व्यापार, व्यवसाय सहज हुने बताए । काठमाडौं सामान ल्याउन र यहाँबाट निर्यात गर्न वीरगञ्ज, भैरहवालगायत भन्सारमा जानु नपर्ने अवस्था आएको उनले बताए ।

स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो ।

स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री  शेरबहादुर   देउवाले   रासायनिक  मल  उद्योग खोल्न  निजी  क्षेत्रलाई  आग्रह  गरेका छन् ।    नेपालले    जहिले    पनि   रासायनिक मलको   समस्या  भोग्दै आएको   स्मरण  गर्दै उनले   रासायनिक  मल  उद्योग  स्थापनाका लागि  उद्योगी  व्यापारी  घरानासँग  आग्रह  गरेका हुन् ।  प्रधानमन्त्री  निवास  बालुवाटारमा&nb...

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा आज यहाँ भएको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएक

मातृभूमिको विकासका लागि बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा गरेको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए।गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर