अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घको प्रतिनिधिसित बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको र ती समस्याको अध्ययन गरी समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।