भिजिट भिसाका श्रमिक नलिन यूएई सहमत

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । दुई देशबीच स्थापित संयन्त्रभित्रबाटै नेपालीलाई अवसर दिने नीति कडाइका साथ कार्यान्वयन गर्न यूएई सहमत भएको छ ।