आबुधाबी डायलग : श्रमिकको तलब वृद्धि नेपालको माग

नेपालले आबुधाबी डायलगमा न्यायोचित श्रमिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्न श्रमिक पठाउने (स्रोत) र श्रमिक लिने (गन्तव्य) दुवै देशले आफ्नो भूमिका र उत्तरदायित्व पहिल्याउनुपर्नेसहित ५ वटा प्रस्ताव राखेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट सुरु १६ वटा स्रोत र गन्तव्य देशका उच्च अधिकारी सहभागी आबुधाबी डायलगमा यस्तो प्रस्ताव राखिएको हो ।