गल्ती स्वीकार्दै सीईओ रेग्मीले बुझाए स्पष्टिकरण, बर्खास्त हुने सम्भावना कति ?

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन मन्त्रालयमा स्पष्टिकरण बुझाएका छन् । लण्डनबाट फर्किदा विमानस्थलमा कर्मचारीमाथि हातपात गरेको विषयमा मन्त्रालयले सोधेको स्पष्टिकरण उनले बुझाएका हुन् ।मन्त्रालय स्रोतका अनुसार गल्ती स्वीकार गरेर सीईओ रेग्मीले स्पष्टिकरण बुझाएका छन् । लिखित रुपमा पर्यटन सचिव यादवप्रसाद कोइराला समक्ष सीईओ रेग्मीले बुझाएको स्पष्टिकरणमा उनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।‘गल्ती स्वीकार गरेरै उहाँले स्पष्टिकरण बुझाउनु भएको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘मेरो कमजोरी भयो भनेर आत्मालोना गर्नु भएको छ, अब गल्ती दोहोर्याउँदिन भनेर प्रतिवद्धता पनि जनाउनु भएको छ ।’बर्खास्त गर्न कानुन बाधकपर्यटनमन्त्री प्रेम बहादुर आले र सचिव कोइराला सीईओ रेग्मीलाई हटाउने मनस्थितीमा भएपनि यसका लागि कानुन झन्झटिलो रहेको पाईएको छ । काम कारबाही शन्तोषजनक नभएको अवस्थामा मन्त्रालयले स्पष्टिकरण सोधेर सिँधै बर्खास्त गर्न सक्ने कानुन सीईओ रेग्मीले निरन्तरता पाउने सम्भावना बढेको छ ।‘स्पष्टिकरण सोधेर चित्त बुझ्दो नआए हटाउन सक्ने कानुन रहेनछ’ मन्त्रालय स्रोतले भन्यो, ‘स्पष्टिकरण चित्त नबुझे आयोग बनाउनुपर्ने, ३ सदस्यीय आयोगले कारबाही गर्, हटा भन्यो भने मात्रै हटाउन सक्ने व्यवस्था रहेछ । अब स्पष्टिकरण चित्त नबुझेपनि आयोग नै बनाउने झन्झटमा मन्त्रालय जाँदैन होला ।’नहुँदा मन्त्री आले र सचिव कोइराला सीईओ रेग्मीलाई हटाउने मनस्थितीमा पुगेको भएपनि आज आइतबार ऐन तथा कानुन हेर्दा हटाउन झन्झटिलो प्रक्रिया रहेकाले उनैले बाँकी कार्यकाल निरन्तरता पाउने देखिएको हो ।‘आयोग नै बन्ने सम्भावना त छैन’ स्रोतले भन्यो, ‘अहिले नै बर्खास्त गर्दा अदालत गएर स्टे अर्डर लिएर आउने सम्भावना बढी छ, अब सबै प्रक्रिया पूरा गरेर हटाउन आयोग बनाउनुपर्ने, त्यो आयोगले जे भन्छ त्यही गर्नुपर्ने, त्यसलाई निश्चित समय पनि दिनुपर्ने रहेछ । लामो प्रक्रियाले गर्दा अब डेढ वर्ष जति उनको कार्यकाल बाँकी छ, सरकारको पनि करिब करिब त्यति नै हो, अब कार्यकाल पूरा गरेर मात्रै बिदा होलान् ।’

सम्बन्धित सामग्री

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौँ- मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्। कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा […]

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ- न्याय परिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर […]

एक सातामै  तीन न्यायाधीश बर्खास्त

आफ्नो सक्रियता बढाउँदै लगेको न्यायपरिषद्ले एक सातामा तीन न्यायाधीशलाई बर्खास्त गरेको छ । २४ असारमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको न्यायपरिषद्ले शुक्रबार उच्च अदालत सुर्खेतको जुम्ला...

पोचेटिनो बर्खास्त

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सेली प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको छ।...

पोचेटिनो बर्खास्त

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो । पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले […]

घानाका प्रशिक्षक मिलोभान बर्खास्त

घानाले प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । अफ्रिका कप अफ नेशन्सबाट घाना समूह चरण भन्दा अघि बढ्न नसकेपछि प्रशिक्षक मिलोभान बर्खास्त भएका हुन् । घानाको फुटबल एसोसिएसन (जिएफए) ले ६८ वर्षका मिलोभानसँग परामर्श गरेको थियो । त्यसपछि उनलाई बर्खास्त गरेको हो । घाना क्यामरुनसँग ३–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

म्यान्युका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

एजेन्सी । म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन् । क्लबको बोर्ड बैठकले सोल्सायलाई बर्खास्त गर्ने निर्णय गरेको हो । इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । सोल्सारको आगमनयता म्यानचेस्टरको […]

युभेन्ट्सका प्रशिक्षक पिर्लो बर्खास्त

१४ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । क्लबका पूर्व खेलाडी पिर्लोलाई युभेन्ट्सले प्रशिक्षकको जिम्मा दिएको एक वर्षपछि नै बर्खास्त गरेको हो । युभेन्ट्सले एक विज्ञप्ति जारी गरी पिर्लोलाई धन्यवाद समेत दिएको छ । गत सिजन युभेन्ट्सले अप्रत्यासिक रुपमा माउरिजो सारीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो […]

माउरिन्हो बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो।...