भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन मंगलबार बिहान पक्राउ परेका छन् । नोएडा प्रहरीले उनलाई नाटकीय परिस्थितिबीच गाजियाबादबाट पक्राउ गरेको हो ।आफ्नो घरमा प्रहरी पक्राउ गर्न छत्तिसगढको प्रहरी पुगेपछि रोहितले बिहान ट्वीट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, एएसपी गाजियाबाद र एडीजीजोन लखनऊसँग मद्दत मागेका थिए । त्यसपछि गाजियाबादको प्रहरी पुगेर त्यहाँ हस्तक्षेप गरेको थियो । पछि नोयडाको प्रहरी त्यहाँ पुगेर आफूहरुकोमा रा