कोरोनाको कहरमा युवामय भयो गाउँघर

गुल्मी । मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् ।गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका मानिस प्रशस्त छन् । लाग्छ, अहिले कुनै ठुलो चाडपर्व जसरी मानिस जम्मा भएका छन् ।लामो समयपछि गाउँघरमा मादल घन्किन र बाँसुरी बज्न थालेका छन् । वन–जंगलमा घाँस–दाउरा गर्न पुगेकाहरु गीत गाएर रमाइलो गरिरहेका हुन्छन् । कोरोना महामारीले गाउँघर साँच्चै नै आफ्नो पुरानो स्वरुपमा फर्कदा सहरबजार भने सुन