काठमाडौँ । सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेलधुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको हो । ‘स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेलधुरा अस्पताल नै […]