पर्वत : आफ्नै साथीको हत्या गरेको आरोपमा जिल्ला प्रहरीका कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिक रहेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार बिकले गत पुस ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा बागलुङकै बागलुङ नगरपालिका–६ लहरे पिपल घर भई भिक्षा माग्दै हिँड्ने गरेका ५७ वर्षीय शिव परियारको हत्या गरेको आरोप लागेको छ।घान्द्रुकस्थित चिहा