सुकुम्बासी बस्तीका बासिन्दाले घेरे काठमाडौं महानगर

१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो […]

सम्बन्धित सामग्री

घाइते नगर प्रहरीले सुकुम्बासीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ । काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम […]

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।

सुकुम्बासीहरु भोट बैंक मात्रै रहे : बालेन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको कदमको बिरोध गरेपछि काठमाडौं महानगर प्रमुख बालेन साहले ओलीलाई सुकुम्बासी पार्टीका भोटर मात्रै बने भन्दै उत्तर दिनुभएको छ । बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत ३२ वटा जाडो खेपेको सुकुम्बासीको समस्या उतिबेला किन नदेखेको भन्दै कटाक्ष समेत गर्नुभएको छ । बालेनले ओलीलाई …

फोटोफिचर: 'विकल्पबिनाको जबर्जस्ती बन्द गर'

स्थायी विकल्पबिना आफूहरुमाथि जबर्जस्ती गरिएको भन्दै थापाथलीस्थित वाग्मती किनारमा बस्दै आएका सुकुम्बासीले मंगलबार खबरदारी र्‍याली आयोजना गरेका छन् । बिना विकल्प उठिबास आफूहरलाई मान्य नहुने भन्दै संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।

सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् । महानगरपालिकाले सुकुम्वासी […]