काभ्रे : फूल मन नपराउने मानिस सायदै होलान्। फूल जुनसुकै होस्, हेर्दै मनमोहक हुन्छ। घरको कौसी तथा बगैँचामा फूल फूलाएर सुन्दरतालाई नै मनमोहक बनाउन सकिन्छ।बिहानीपखको पारिलो सूर्य किरण र मन्द हावासँग लुटिपुटी खेल्दै गरेको फूलले झन् मनै आनन्द बनाइदिन्छ। गमलामा रोपेर फूल फुलाउनेको संख्या पनि दिनदिनै बढिरहेको छ।यतिबेला देश दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ। कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको निषेधाज्ञाले गर्दा मानिसहरू घरमै थुनिएका छन्।अत्यावश्यक कामबाहेक घरबाहिर