देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्