सुक्खा बन्दरगाह निर्माण पूरा भएन

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासँग जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।   ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगञ्जस्थित संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरूप अगाडि बढ्न सकेको कहिले छैन ।’ जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले बताए । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ । ‘हामीले पहुँच मार्ग निर्माण पूरा ग¥यौं, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने, ‘आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।’ बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत जाँचचौकी (आईसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरू हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउन साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुन सक्ने भन्दै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताए । मन्त्रालयबाटै छिटो काम अगाडि बढाउन पहल गर्न आवश्यक देखिएको उनको भनाइ छ । रासस

सम्बन्धित सामग्री

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुस्त

महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुस्त भएको छ । संघीय सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा महोत्तरीको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको थियो । भारतीय पक्षले सोही बन्दरगाहका लागि...

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।...

सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रले गति लिँदै

महेन्द्रनगर, ८ फागुन । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ । एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो । भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने […]

सेतो हात्ती बन्दै चोभार सुक्खा बन्दरगाह

काठमाडौं, माघ ९ । सञ्चालनमा आएको झन्डै १ वर्षपछि पनि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह प्रयोगमा नआएपछि सेतो हात्ती बन्ने खतरा बढेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर भित्रिएका छन् । यहाँबाट तीनओटा कन्टेनर मात्र बाहिरिएको अभिलेख छ । तीन वर्ष लगाएर डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको चोभार सुक्खा बन्दरगाह […]

सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह

घोषणा गरेको झन्डै एक दशक र निर्माण सुरु भएको तीन वर्षपछि चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्रीले उद्घाटन गरे, अब भन्सार जाँचपास काठमाडौंमै   वीरगन्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा...

चोभार सुक्खा बन्दरगाह संचालन

चोभार सुक्खा बन्दरगाह औपचारिकरुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहको उद्घाटन गरेसँगै औपचारिकरुपमा संचालनमा भएको हो।  वीरगन्जबाट सामान लिएका तीनवटा कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराएर सञ्चालनको  शुभारम्भ गरिएको थियो।...

चोभारको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेन

उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएक

सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ

काठमाडौं । उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ । वाणिज्यले […] The post सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ

चोभारमा निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनमा सरकारले ढिलाइ गरिएको छ । काठमाडौंको चोभारस्थित २ सय २० रोपनी क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनिसके पनि सञ्चालनमा आउन सकेको छैन । प्रारम्भिक रूपमा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई सुक्खा बन्दरगाह सञ्चालनका लागि सरकारले जिम्मा दिने तयारी गरेको बताइए पनि अहिलेसम्म निर्णय भएको छैन । यस्तै सीमापारिबाट सामान चोभारसम्म कसरी ल्याउने भन्ने विषयमा पनि मोडालिटी बन्न सकेको छैन । सरकारले सञ्चालनका लागि जिम्मा दिएमा आफूहरू तयार रहेको कार्यकारी निर्द...

चोभारमा सुक्खा बन्दरगाह निर्माण

काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोच अनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो । नयाँ संरचना सञ्च