‘बी’ डिभिजन लिगः भगवती क्लब विजयी

काठमाडौँ– राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै भगवती क्लबले सुखद सुरुआत गरेको हो। भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र […]

सम्बन्धित सामग्री

मध्यपुर र भगवती क्लब बराबरीमा रोकिए

काठमाडौं, २० चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क […]

श्री भगवतीका प्रशिक्षक कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध

श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बी डिभिजन लिग क्लबका मुख्य प्रशिक्षक कर्माचार्यलाई प्रतिबन्ध लागेको जनाएको छ ।लिग अन्तर्गत बाँसबारीसँग पराजित भएपछि श्री भगवती क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर रेफ्री सुमन श्रेष्ठमाथि हातपात गरेका थिए । त्यस्तै श्री भगवती क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । श्री भगवती क्लब बाँसबारीसँग २–१ ले पराजित भएको थियो । एन्फाले श्री भगवतीका म्यानेजर दिपेन्द

टोखाका अफिसियलद्वारा रेफ्रीमाथि हातपात

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार बाँसबारी क्लबसँग हार बेहोरेपछि श्री भगवती क्लब, टोखाका अफिसियलले खेलपछि रेफ्रीमाथि हातपात गरेका छन् । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर हातपात गरेका हुन् । तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति […]

बी डिभिजन लिग : भगवती शीर्ष स्थानमा

श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती क्लब शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा खेलको १६ औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।चर्च ब्लाइजका  लागि राज काङ्दङवाले २०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१

श्रीभगवती शीर्षस्थानमा

श्री भगवती क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्री भगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको छ ।

सहिद स्मारक बी डिभिजन : सरस्वती र भगवती क्लब विवजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ भने अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए । यता समाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औ

बी डिभिजन लिग : शनिबारको खेलमा बोइज युनियन र भगवती बिजयी

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिगको शनिबारको खेलमा बोइज युनियन क्लब र भगवती क्लब बिजयी भएका छन्। पहिलो खेलमा बोइज युनियनले टुसाल युथ क्लबलाई १-० गोलको अन्तरले पराजित गरेको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बोइजको जितमा मिलन लिम्बूले निर्णायक गोल गरे। यससँगै बोइज युनियनल क्लब १० खेलबाट पाँच जितका साथ चौथो स्थानमा उक्लिएको छ। पराजित टुसाल दुई जित र तीन बराबरीका साथ ९ अंक बनाएर नवौं स्थानमा छ।शनिबारको अर्को खेलमा भगवती क्लबले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेक

सातदोबाटो शीर्ष स्थानमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको  २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ...

बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । यस्तै, आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् । हिजो भएको खेलमा  नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लब विजयी भएका थिए । नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो भने खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले हराएको थियो ।