बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।आमाको नाममा अक्षय कुमारको पोस्टःअक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी