मलयालम फिल्म 'थिरिमाली' ट्रेलरमा स्वस्तिमा

काठमाडौंः मलयालम फिल्म 'थिरिमाली'को ट्रेलर सार्वजनिक भएको छ। राजीव सेट्टीको निर्देशनमा बनेको फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्का पनि देखिएकी छन्। सार्वजनिक ट्रेलरमा स्वस्तिमा आइटम डान्सरको रूपमा देखिएकी छन्। 'थिरिमाली' स्वस्तिमाको पहिलो भारतीय फिल्म हो। फिल्ममा स्वस्तिमा बाहेक नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ। एस के लरेन्सको निर्माण रहेको फिल्मलाई निर्देशक राजीव र जेभियर एलेक्सले लेखेका हुन्। एडभेन्चरस कमेडी जनरामा बनेको फिल्ममा विप