रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा, महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो।
कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।