नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले केही साताभित्र एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई बहुमतबाट विस्थापन गर्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले संसदीय दलमा बहुमत सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।
नेपाल समूहका सांसदहरूको आज शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा छलफल आयोजना गरिएको थियो । जसमा माधव नेपालले सबै सांसदहरूका सल्लाह सुनेका थि...