तनहुँको भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् ।
कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् ।
नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन् ।
चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले...