विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन् । सरोकार पक्षसँगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रेका हुन् । क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ...