नदीको जग्गा कटानले मुक्त कमैया परिवार विस्थापित हुँदै

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका […]

सम्बन्धित सामग्री

आसे जीवनमा बाँधिएका मुक्त कमैया

दाङको घोराही उपमहानगरपालिका–१६, कपासीस्थित मुक्त कमैया बस्तीमा सावी चौधरी बस्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गामा बस्दै आउनुभएकी चौधरीको आफ्नै जग्गा भने छैन । घरबासविहीन भएको अवस्थामा २०६२/६३ सालतिर अर्को व्यवस्था नहुँदासम्मका लागि कपासीमा बसोबासको व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ । अस्थायी रूपमा व्यवस्थापन गरिएको लामो समय भइसक्दा पनि स्थायी बसोबासको टुङ्गो नहुँदा अन्योलमा परेको उहाँको गुनासो छ । “जहाँ भए पनि स्थायी बसोबासको व्यवस्था भइदिए त्यही अनुसारको काम गर्नु हुन्थ्यो,” उहाँ भन्नुहुन्छ । स्थायी बसोबासको अझै केही टुङ्गो नलाग्दा बसेकै जग्गा रोकाउँदै बस्नेबाहेक अरू केही नभएको उहाँको भनाइ छ ।

नदीको जग्गा कटानले मुक्त कमैया परिवार विस्थापित हुँदै

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका […]

मुक्त कमैयालाई जग्गा दिने आश्वासन

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली थारुले मुक्त कमैया दिवसकाे अवसरमा अर्को वर्षको बजेटमा मुक्त कमैयाले जग्गा पाउने आश्वासन दिएका छन्।...

कमैया मुक्त घोषणाको २३ वर्ष : अहिलेसम्म गाँस-बासको टुंगो छैन

दाङ : सरकारले कमैया मुक्त भनेर २०५७ साल साउन २ गते घोषणा गर्‍याे ।  कमलहरी मुक्त घोषणा २०७० असार १३ गते गर्‍याे । कमैया मुक्त घोषणा भएको २३ वर्ष हुँदा पनि राज्यले अहिलेसम्म आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ । दाङको घोराही उपमहानगरपालिका १६ की सुभागी चौधरी मुक्त कमैया हुन् । कमैया मुक्त भएपछि २०६३ सालमा ५ कठ्ठा जग्गा पाइन् । तर, त्यो जग्गा कहाँ छ,  अहिलेसम्म थाहा नै छैन । आफूले जग्गा  पाएको लालपूर्जा हेर्नेबाहेक अरु केही विकल्प उनीसँग छैन।उनले भनिन्,‘ मैले २०६३

टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण […]

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ ।अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । २०६२/०६३ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण सुरु भएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले जानकारी दिए । उक्त जग्गामा अहिले करिब एक हजार

दुई वर्षमा भूमिसँग सम्बन्धित सबै समस्या समाधान हुन्छ  : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छिन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैयामुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवा चरुवालगायत जग्गा नभएकालाई जमिनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर […]

२२ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको पुनःस्थापना हुन सकेन

कैलालीसहित तराईका चार जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुनसकेका छैनन् । मुक्त भएको २२ वर्ष पुग्दासमेत कैलाली, कञ्चनपुर, बर्दिया र दाङका मुक्त कमैया पुनःस्थापनाको पर्खाइमा रहेका छन् ।मुक्त कमैया समाजका अनुसार कैलालीमा नौ सय ५३, कञ्चनपुरमा एक सय २९, बर्दियामा एक हजार दुई सय ४५ र दाङमा ४८ गरी जम्मा दुई हजार तीन सय ७५ मुक्त कमैयाको पुनःस्थापना गर्न बाँकी रहेको छ । समाजका अनुसार पाँच जिल्लामा कूल २७ हजार पाँच सय ७१ परिवार मुक्त कमैया रहेका थिए । जसमध्ये २५ हजार एक सय ९५ परिवारले जग्गा पाइसकेका छन

मुक्त कमैया, हलिया र कमलरीको अध्ययन समितिले प्रतिवेदन बुझायो [पूर्णपाठ]

मुक्त कमैया, कमलरी, हलिया र हरवा-चरवाहरुको बस्तुस्थिति अध्ययन समितिले मुक्त कमैयालाई घरबासको लागि जमिन दिँदासमेत कानुन, नियमावली र कार्यविधिबमोजिम नदिइएको प्रतिवेदन पेस गरेको छ । समितिले शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई अध्ययन प्रतिवेदन बुझाउँदै विगतमा तथ्यांक संकलन र जग्गा वितरणमा समेत कार्यविधिविपरीत भएको उल्लेख गरेको हो ।

भूउपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रम देउवा

नेपालको संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्ने सन्दर्भमा मौलिक हकअन्तर्गत नै भूमिहीन दलितलाई एकपटक जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यस्तै किसानलाई कृषियोग्य जग्गामा पहुँच उपलब्ध गराउने, भूमिहीन सुकुम्बासी, मुक्त कमैया, हलिया र अव्यवस्...